झापा । झापामा मतदाता नामावली संकलन तथा अद्यावधिक (दावी विरोध) कार्यक्रम २०७९ सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय परिसरमा बुधबार प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा झापाको पन्द्रवटै पालिकाबाट निर्वाचन सम्पर्क व्यक्ति, जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
यसैबीच अन्य पालिका जस्तै मेचीनगर नगरपालिकामा पनि यहीँ फागुन २२ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक (दावी विरोध) कार्यक्रम सञ्चालन हुने मेचीनगर निर्वाचन सम्पर्क व्यक्ति जयन्ती खरेलले जानकारी दिइन् ।



