स्वास्थ्य

अर्जुनधारा : पशु व्यवस्थापन तथा उपचार सम्बन्धि दुई दिने तालिम सम्पन्न

अर्जुनधारा । झापाको अर्जुनधारा-३ स्थित खुदुनाबारीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजना र साना किसान लघुबित्त बितिय सस्था लि बिर्तामोडको सहयोगमा पशु व्यवस्थापन तथा उपचार सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।

संस्थाको अध्यक्ष कृष्ण दंगालले उद्घाटन गरेको तालिममा ५० जना महिला तथा पुरुषको सहभागिता रहेको बताइएको छ । पशु स्वास्थ्य विज्ञ कैलाश प्रसाद सिंह र साना किसान विकास लघुवित्त वित्तिय संस्था लि इलाका कार्यालय बिर्तामोडका प्रमुख सुभास गौतमले प्रशिक्षण प्रदान गरेका थिए ।

तालिममा सहभागिता जनाएकालाइ घाँसको बिउ सहित मिनरल मिक्सचर (पशु आहारा खुराक) समेत वितरण गरिएको संस्थाका मुख्य प्रवन्धक गोपि लुइँटेलले जानकारी दिए ।
सागर