बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजद्धारा नया वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । जेसीज सप्ताह अन्तर्गतको दोस्रो कार्यक्रमको अवसर पारेर नयाँ वर्षको शुभकामना आदानप्रदान सम्पन्न गरेको हो । शाखाकी अध्यक्ष रश्मि थापाको सभापतित्व तथा नेपाल जेसीज २०२३ का उपाध्यक्ष भीमबहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्ष टिका सुवेदी, सुनिता पनेरु, मातृ शाखा धुलावारीका अध्यक्ष योगेश राजवंशी, चारआली जेसीजका अध्यक्ष संगित सिवाकोटी, हाम्रो खबरपाटी डटकमका सम्पादक देबु बानियाँलगायतले बोलेका थिए ।

सप्ताहकी मुल संयोजक पवित्रा विमली र उपाध्यक्ष कुसुम दाहालको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव सविता पोखरेलले गर्नु भएको थियो । सप्ताह अन्तर्गत बैशाख ५ गते क्यालेण्डर विमोचन कार्यक्रम रहेको छ ।

