संघ \संस्था स्वास्थ्य

लागू पदार्थ दुर्व्यसन सचेतना सम्बन्धि एकदिने गोष्ठी सम्पन्न

मेचीनगर । झापाको मेचीनगरमा लागू पदार्थ दुर्व्यसन सचेतना सम्बन्धि एकदिने गोष्ठी सम्पन्न भएको छ । शनिबार सम्पन्न गोष्ठीको उद्घाटन प्रमुख अतिथ मेचीनगर नगरपालिकाका बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले गरेका थिए ।

थिंकर्स क्लब मेचीनगरको आयोजनामा आयोजित लागू पदार्थ दुर्व्यसन सचेतना सम्बन्धि गोष्ठीमा ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दिपक भारती, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, फ्रिडम फाउन्डेसनका सन्दिप थापा, नवयात्रा पुनर्स्थापनाका भिम लुईटेल, केन्द्रीय लागू औंषध व्युरोका असई टेकनाथ पौडेललगायतले सहभागीलाई सहजीकरण गरेका थिए ।

मेचीनगर १० धुलाबारी स्थित अतिथि होटलमा आयोजना भएको कार्यक्रममा मेचीनगरका विभिन्न वडाका जनप्रतिनिधि, संघसंस्था प्रतिनिधिलगायत अन्यको उल्लेख्य सहभागीता रहेको थियो ।

थिंकर्स क्लब मेचीनगरका अध्यक्ष श्याम सिवाकोटीको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालन सचिव आयुसमान निरौलाले गरेका थिए ।