काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘नाइँ नभन्नु ल ६’ को नयाँ रिलिज आजबाट देशभरका हलहरुमा लाग्दै छ । नयाँ बर्षको अवसरमा वैशाख १ गते तय गरिएको पूर्वनिर्धारित प्रदर्शन रोकिएपछि ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखला आजबाट आउन लागेको निर्माता तथा निर्देशक विकासराज आचार्यले बताए ।
आजबाट देशभरका हलहरुमा लाग्ने फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने विश्वास फिल्म युनिटले गरेको छ । दर्शकले यस अघिका ‘नाइँ नभन्नु ल’ को रिलिज अत्याधिक मनपाएका कारण पनि यो नयाँ रिलिजलाई दर्शकले साथ दिने निर्माता तथा निर्देशक आचार्य बताउँछन् ।
प्रेम र एक्सन समावेश ‘नाइँ नभन्नु ल ६’ मा आशीर्वाद क्षेत्री, आँचल शर्मा, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मीलगायत कलाकार चलचित्रमा मुख्य भूमिकामा रहेका छन् ।

