संघ \संस्था

योजनाहरु गुणस्तरिय रुपमा सम्पन्न गर्न नगरप्रमुख बुढाथोकीद्वारा अनुगमनलाई तिब्रता

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्रमा भइरहेका विकास निर्माणका कार्यहरुको स्थिति बुझ्न स्थलगत अनुगमनलाई तिब्रता दिएका छन् । समृद्ध नगर बनाउने अभियानमा होमिएका नगरप्रमुख बुढाथोकीले समयमा नै योजनाहरु गुणस्तरिय रुपमा सम्पन्न गर्न अनुगमनलाई तिब्रता दिएको बताए । उनले जनताको समस्या सुन्दै उनीहरुको समस्या समाधान गर्न नगरपालिका लागि परेको बताए ।

अहिले नगरको पन्द्रवटै वडामा विभिन्न योजनाहरु निर्माण कार्यमा रहेका छन् केहि सम्पन्न हुने तरखरमा छन् । केहि लामो समयदेखि बन्न नसक्दा जनता समस्या बेहोर्न बाध्य छन् । त्यसलाई मध्यनजर गर्दै जनताको समस्या समाधान गर्न आफुहरु लागि परेको नगर प्रमुख बुढाथोकी बताउँछन् ।

मेचीनगर भौतिक पुर्वधार बिकास समिति संयोजक चित्र धिमालले आज नगरप्रमुख बुढाथोकीको नेतृत्वमा गोकुल मार्ग अन्तर्गत इटाभट्टादेखि दुर्गामन्दीर सम्म कालोपत्रे स्तर बृद्धि गर्न अनुगमन गर्नुका साथै प्रत्येक वडामा दुई किमि कालोपत्रे सडक बनाउने कार्यक्रम अन्गर्तत मेचीनगर १३ मा स्थलगत अनुगमन गरिएको बताए । त्यस्तै उनले मेचीनगर १२ स्थित करिब ७० विगाह जमिन सिंन्चित हुने दिल बहादुर पैनिको मुहान मर्मतका लागि पनि नगर प्रमुखको साथमा डिविजन सिचाई कार्यलयका ईन्जिनियर, मेचीनगर १२ का वडा अध्यक्ष मधुसुदन निरौलालगायतले स्थलगत अनुगमन गरि यथाशिघ्र काम अगाडी बढाउने निर्णय गरिएको बताए ।

त्यस्तै चीनगर २ स्थित गोलेगाँउमा खानेपानीको चरम अभाव सृर्जना भएपछि त्यसलाई तत्काल समाधान गर्न नगर प्रमुखको पहलमा मेचीनगरमा खानेपानीका डिई सहितको टोलिलाई बोलाएर कार्य अगाडी बढाउन निर्देशन दिएका थिए ।