राजनीति

भष्ट्राचार बिरूद्ध झापामा राप्रपाले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

झापा। नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार बिरुद्द निस्पक्ष छानबिन गरि कार्बाहीको दायरामा ल्याउन सरकार सँग माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएको छ।

 बिजुली अफिस अगाडी भेला भएर भष्ट्राचार बिरूद्ध नाराजुलुस प्रदर्शन गर्दै कुनैपनि हालतमा दोषीलाई कार्बाहीको दायरामा ल्याउन माग प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको हो। राप्रपाले गणतन्त्र गनायो, भष्ट्राचारी होशियार, देश बेच्न पाइदैन लगायत नारा सहित शान्तिपूर्ण प्रदर्शन गरेको थियो।

 कार्यक्रममा झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, नेताहरु अमर बिष्ट, अन्जार आलम, निमसरी राजवंशी, शारदा रिजाल,सिता श्रेष्ठ ,तुलशा आचार्य, रञ्जु प्याकुरेल, सहित केन्द्र , प्रदेश, जिल्ला लगायत अन्तर्गतका सबै तहका नेता सबै तहका वर्गीय सङ्गठनका प्रतिनिधिहरूको सयौँको सङ्ख्यामा उपस्थिति रहेको थियो।

राप्रपाले सडक देखि सदन सम्म भष्ट्राचार र बेथितिको बिरूद्ध बुलन्द आवाज उठाउँदै आएको छ। जस अन्तर्गत आज सबै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।