मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विकास निर्माणका कार्यले तिब्रता पाइरहेको छ । चालू आर्थिक बर्षको विनियोजित बजेट अनुसारको योजनाका कामहरू अहिले धमाधम अगाडि बढाइ अन्तिम चरणमा पुग्न थालेको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले अहिले रातो किताबमा परेका योजनाहरू धमाधम अगाडि बढाइएको बताए । उनले नगरको पन्द्रवटै वडामा आफुले अनुगमन गर्दै सबै योजनाहरू समयमा नै सक्ने लक्ष्य लिइएको बताए ।
प्रत्येक वडामा अहिले नगरपालिकाबाट विनियोजित एक एक करोड र संघ तथा प्रदेशबाट आएको थप बजेटको पनि निर्माण कार्य अगाडि बढाइरहेको नगर प्रमुख बुढाथोकीले बताए ।








