मनोरञ्जन

स्मिता दहालको नयाँ गीत ‘आँखामा गाजल’ सार्वजनिक

झापा । युवा पुस्ताकी चर्चित गायिका स्मिता दाहालले ‘आँखामा गाजल’ बोलको नयाँ गीत ल्याएकी छन्।

स्मिताको स्वर रहेको ‘आँखामा गाजल’मा शब्द र संगीत राजनराज शिवाकोटीको रहेको छ । देवेश राईको एरेन्ज रहेको गीतको भिडियोमा स्मिता स्वयंले मोडलिङ गरेकी छन्। रोमान्टिक शैलीको यो गीतको भिडियोमा स्मिता र कुन्सांग बम्जनको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ । 

सरोज ओलीले निर्देशन गरेको भिडियोको छायांकन सुदिप बरालले गरेका थिए । भूपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन्।

‘मायालु तिमी कता छौं’, ‘पानी कुवाको’, ‘मालिङ्गो’ आदि स्मिताका चर्चित गीतहरू हुन्। एक वर्षको अन्तरालपछि सार्वजनिक यो नयाँ गीतबाट स्मिता आशावादी रहेको बतनउँछिन् ।

स्मिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन्।