स्वास्थ्य

मेचीनगरद्वारा डेँगु रोग फैलन नदिन लार्भा खाेज र नष्ट गर अभियानलाई तिब्रता

मेचीनगर । मेचीनगरले डेँगु संक्रमण फैलन नदिन लार्भा खाेज र नष्ट गर अभियानलाई तिब्रता दिएको छ । पछिल्लो समय महामारीको रूपमा फैलिदैं गएको डेँगु रोगको संक्रमण नगरमा फैलन नदिन लार्भा खाेज र नष्ट गर अभियान चलाएको हो ।

डेँगु संक्रमण फैलन नदिन तदारुकताका साथ लागि परेको  मेचीनगरले आज वडा नं १० स्थित धुलाबारी बजार लगायत विभिन्न टोल टोलमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नगरप्रहरी लगायतको टोलि पुगेर लार्भा नष्ट गरेको छ ।

अभियानमा आज मेचीनगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, मेचीनगर १० का नारायण खनाल, वडा सदस्य, मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौला, पुजन अधिकारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका, आमासमूहलगायतको सक्रिय सहभागीता रहेको थियो ।

यसअघि नगरपालिकाले शुक्रबार अभिानको शुरुवात मेचीनगर-६ स्थित काँकरभिट्टा बजार सहित विभिन्न टाेलहरुबाट गरेको थियो ।