संघ \संस्था स्वास्थ्य

मेचीनगर पशु स्वास्थ्य तथा कृषि प्राविधिक समुहको प्रथम वार्षिक उत्सव सम्पन्न

मेचीनगर । मेचीनगर पशु स्वास्थ्य तथा कृषि प्राविधिक समुहको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । आज मेचीनगर -४ आमडागी स्थित भिरपाखा रिसोर्टमा समुहको प्रथम वार्षिक उत्सवको उद्घाटन पशु प्राविधिक समेत रहेका मेचीनगर २ का वडाध्यक्ष दिपक बरालले गरेका थिए । उनले व्यानर पढेर वार्षिक उत्सवको उद्घाटन गरेका थिए ।

मेचीनगर क्षेत्रमा छरिएर रहेका पशु प्राविधिक तथा कृषि प्राविधिकको साझा संस्थाको रुपमा रहेको मेचीनगर पशु स्वास्थ्य तथा कृषि प्राविधिक समुहले बिगत बर्षदेखि नै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

मेचीनगर पशु स्वास्थ्य तथा कृषि प्राविधिक समुहका अध्यक्ष थिरेन्द्र सिवाकोटीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन समुहकी कोषाध्यक्ष रञ्जु खड्काले गरेकी थिइन् ।

समुहका उपाध्यक्ष मदन भण्डारीले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव क्षत्र राईले गरेका थिए ।