त्रिलोचन गौतम
झापा ।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विदेशी संस्कार र बस्तुहरुप्रति आकर्षण बढ्दा नेपालको मौलिक पर्वहरु ओझेलमा पर्ने खतरा बढ्न थालेको बताएका छन् । उनले गौरवपूर्ण, अर्थपूर्ण र मौलिकता बोकेका विभिन्न पर्वहरुले नेपालीनेपाली बिच भाइचारा र आत्मियता बढाउँदै आइरहेको बताउँदै त्यस्ता चाडपर्वहरुको सबैले संरक्षण गर्नुपर्ने बताए ।
दसैँतिहार, छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न गृह जिल्ला झापा पुगेका ओलीले नेपालीलाई एकताको शुत्रमा बाध्ने महान पर्वहरु बिगतका तिता मिठा तिक्तता भुलेर सबैले हर्सोल्लासका साथ सबैले दसैँतिहार, छठ पर्व मनाउनुपर्ने बताए ।
अध्यक्ष ओलीले प्रत्येक बर्ष दसैँतिहार, छठ पर्वको अवसरमा गृहजिल्ला झापामा जिल्लाका सक्रिय राजनीतिक पार्टी, प्रशासन प्रमुखलगायतलाई निमन्त्रण गर्दै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् । त्यसैलाई निरन्तरर्ता दिर्दै आज विर्तामोडको सिटी सेन्टरमा उनले शुभकामना कार्यक्रमको आयोजना गरेका हुन् । सधै आक्रमक शैलिमा उत्रले ओलीले आज भने नरम भएर बिशुद्ध शुभकामना मात्रै राखेका थिए ।
त्यस्तै कार्यक्रममा एमाले उपाध्यक्ष तथा पुर्व मन्त्री विष्णु पौडेलले शुभकामना मन्तव्य राख्र्दै चाडपर्वले नेपालीहरुलाई एकताको शुत्रमा बाध्न मद्धत पुर्याएको बताए । साथै उनले अहिलेको गठबन्धनको सरकारले जनतालाई ढाड सेक्ने काम मात्रै गरेको आरोप लगाए । उनले चाडपर्वको अवसरमा जनतालाई सहज बनाउन छाडेर अहिलेको सरकार कमाउ धन्दामा मात्रै लागेको उनको भनाई छ ।
कार्यक्रममा अध्यक्ष ओली, उपाध्यक्ष पौडेल, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री धर्मशिला चापागाई, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का झापा अध्यक्ष केशवप्रसाद ओझा, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, वीएण्डसी अस्पतालका प्रमुख डाक्टर रामबाबु गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पुर्व मन्त्री अग्नि खरेल, कोशी प्रदेशका पुर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत केन्द्रिय तहदेखी स्थानीय स्तरसम्मका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

