झापा । हातेमालो जनसेवा समाज नेपालको प्रथम वार्षिक साधरणसभा सम्पन्न भएको छ । मानव सेवामा समर्पित समाजको ताप्लेजुङ्गको फुङलिङमा सम्पन्न साधरणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश समन्वय समिति संयोजक रामबहादुर मगरले गरेका थिए ।

हातेमालो जनसेवा समाज नेपालका कार्यवाहक अध्यक्ष मनिकुमार लिम्बूको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रबास समन्वय समिति संयोजक दिपक नेपालीको विशिष्ट आतिथ्यता रहेको थियो ।
समाजको प्रथम साधरण सभाबाट मनिकुमार लिम्बूको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजको सचिवमा हरिमाया पोखरेल (अस्मिता), सहसचिवमा कमला लिम्बूलगायत कार्यसमिति सदस्यहरु सर्वसम्मत चयन भएका छन् । भेलाले समाजको आगामी विभिन्न कार्य योजनाहरुसमेत पारित गरेको छ ।

