मेचीनगर। अवैध रुपमा भारतबाट नेपालतर्फ आउँदै गरेको १८४ बोतल विभिन्न ब्रान्डका भारतीय रक्सी मेची भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरि भन्सार कार्यालय बुझाएको छ।
शुक्रबार दिउँसो नियमित चेकजाँचका क्रममा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको रक्सी अन्दाजी मुल्य २ लाख १७ हजार भन्दा बढी रकमको रक्सी बरामद गरिएको विशेष स्रोतले जानकारी दिएको छ।
नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तो पर्ने भएका कारण अवैध रुपमा भारतबाट नेपाल तर्फ विभित्र ब्रान्डका रक्सीहरु भित्रिने र ती रक्सी विर्तामोड स्थित होटल किंग्सबेरीदेखि तारे होटल तथा साधारण होटलसम्म पुग्ने गरेको विशेष स्रोतले बताएको छ।
स्रोतका अनुसार उक्त रक्सी व्यवसायीहरुले सीटी रिक्सा र भाडाका गाडी प्रयोग गरि बोकाउने गरेको पाइएको छ। पछिल्लो समय भन्सारले चेकजाँचमा कडाइ गरेसँगै अवैध रुपमा नेपाल भित्रिने सामानहरु नियन्त्रणमा आउन थालेको हो ।

