खेलकुद

मेचीनगर स्पोर्टस् मेनिया : फुटबलतर्फ मेचीनगर– ६ र १५ सेमिफाइनलमा

मेचीनगर । प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत पुरुष फुटबल खेलतर्फ मेचीनगर ६ र १५ ले सेमिफाइनल यात्रा तय गरेका छन् । काँकरभिट्टा माविको खेलमैदानमा जारी प्रतियोगितामा मेचीनगर १५ ले वडा नम्बर ७ लाई र मेचीनगर–६ ले वडा नम्बर ४ लाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा मेचीनगर ७ लाई मेचीनगर Read More…

राजनीति

इलाम २ उपनिर्वाचन : चर्चामा युवा नेता रविन्द्र सुवेदी

इलाम । आउँदो वैशाख १५ गते प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन हुने भएसँगै इलाम २ मा चुनावी चहलपहल बढेको छ । नयाँ राजनीतिक समीकरणले उपनिर्वाचन थप गर्माएको छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेले इलाम प्रतिनिधि सभा क्षेत्र न २ लाई प्रतिष्ठाको विषय बनाएका छन् । सोही अनुरुप आकाङ्क्षीहरूको दौडधुप बढेको छ । Read More…

खेलकुद

मेचीनगर स्पोर्टस् मेनिया : फुटबलतर्फ ६, ७ र १५ तथा क्रिकेटतर्फ ५, ९ र १३ नं वडा विजयी

मेचीनगर । झापाको मेचीनगरमा पहिलो पटक मंगलबारबाट ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया२०८०’ सुरु भएको छ । चैत्र ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अहिले विभिन्न विधाका खेलहरु भइरहेका छन् । खेलकुद विकास समिति मेचीनगरको आयोजनामा आयोजना भइरहेको खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल खेलतर्फ वडा नम्बर ६, ७ र १५ ले विजयी शुरुवात गरेका छन् । काँकरभिट्टा माविको Read More…

संघ \संस्था

मेचीनगरको दोस्रो नगरसभाको चौथो अधिवेशन आजबाट सुरू

मेचीनगर । मेचीनगर नगरपालिका नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन आजबाट सुरू भएको छ । बुधवार नगरपालिकाको सभाहलमा मेचीनगर नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन कार्यक्रमकाे अध्यक्षता नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । २०८० साल असार १० गते यस मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट चालु आर्थिक वर्ष २०८०/०८१ का लागि शंशाेधित १ अर्ब ३३ करोड ८३ Read More…

संघ \संस्था

‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया-२०८०’ भव्य रूपमा सुरु

मेचीनगर । झापाको मेचीनगरमा पहिलो पटक मंगलबारबाट ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया-२०८०’ सुरु भएको छ । मेचीनगर खेलकुद विकास समितिले काँकरभिट्टा माबिको खेल मैदानमा आयोजित कार्यक्रमबीच प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङले दीप प्रज्वलन गर्दै उद्घाटनपछि शुभारम्भ भएको हो । कार्यक्रममा प्रमुख अतिथि तामाङलाई खेलाडीले मार्चपाससहित सलामी दिएका थिए । कार्यक्रममा खेलकुदको क्षेत्रमा योगदान पुर्याउने तीन Read More…

समाचार

मेचीनगरको भगवती प्लाइ उधाेगमा आगलागी, क्षतिको विवरण बाँकी

झापा । झापाकाे मेचीनगर- १५ स्थित रहेकाे भगवती प्लाइ उधाेगमा आज विहान आगलागी भएको छ । आगलागीमा परी प्लाई बनाउन राखिएको कच्चापदार्थ जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएकाे छ। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले बताएकाे छ । आज विहान ५ बजेदेखि लागेको आगो अझै नियन्त्रण भन्दा बाहिर रहेकाे छ Read More…

खेलकुद

“मेचीनगर स्पोर्टस मेनिया” हुँदै, करिब ५ हजार खेलाडीको सहभागिता रहने

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा “मेचीनगर स्पोर्टस मेनिया २०८० ” हुने भएको छ । खेलकुद विकास समिति मेचीनगरको आयोजनामा फागुन २९ गतेदेखिहुने स्पोर्टस मेनियाको तयारी तिब्र रुपमा भइरहेको छ । मेचीनगरमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएको मेचीनगर स्पोर्टस मेनिया २०८० मा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, बक्सिङ र एथलेटिक्सका खेलहरू Read More…

खेलकुद

झापा गोल्डकप : मकवानपुरमाथि सानदार जित निकाल्दै झापा ११ सेमिफाइनलमा

बिर्तामोड। आयोजकको टिम झापा ११ एफसी झापा गोल्ड कप छैटौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले अन्तिम चारमा स्थान बनाएको हो । झापाको जितमा आदित्य शाक्य, प्रदिप बुढाथोकी, बबिन बोहरा, आशिष चापागाईं र विदेशी खेलाडी मार्क जुयिनर ह्यारिसनले समान एकएक गोल गरे । Read More…

खेलकुद

छैटौं झापा गोल्डकप: आर्मी सेमिफाइनलमा प्रवेश

झापा ।  विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब झापाको विर्तामोडमा जारी छैटौं अर्ना झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारको यात्रा शुनिश्चित गरेको हो । चारपटकको उपाधि बिजेता त्रिभवन आर्मी क्लब र Read More…

खेलकुद

छैटौं झापा गोल्डकप: चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

झापा । ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड झापाको विर्तामोडमा जारी छैटौं अर्ना झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा न्यूरो टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले अन्तिम चारको यात्रा निश्चित गरेको हो । अत्यन्तै रोमाञ्चक बनेको खेलमा पहिलो Read More…