मेचीनगर । सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिर संरक्षण समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । मेचीनगर–५ र ८ स्थित मन्दिरको सामुदायिक हलमा सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । निर्वाचन समितिका संयोजक दिपक काफ्लेको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो Read More…

