खेलकुद

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपकाे उपाधि जितेको हो । यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । दक्षिण अफ्रिकाले भने पहिलो पटक विश्वकपको उपाधि चुम्ने मौका गुमाएको छ । भारतले दिएको १७७ Read More…

संघ \संस्था

धान दिवसमा माओवादीले बाढ्यो कृषकलाई फरूवा

मेचीनगर, १५ असार । कृषकलाई आवश्यक पर्ने हाते औजार वितरणमा सरकारले बेवास्ता गरेको कारण नेकपा माओवादी केन्द्र मेचीनगरले धान दिवसको अवसरमा किसानलाई (फरुवा) कोदालो वितरण गरेको छ । कृषकलाई प्रोत्साहन दिने उद्देश्यले नेकपा माओवादी केन्द्र मेचीनगरले राष्ट्रिय धान दिवसको अवसर पारेर १२५ जना कृषकलाई फरुवा बितरण गरेको हो । मेचीनगर–१४ का टंकप्रसाद–अम्बिका शिवाकोटीले तयारी गरेको धान Read More…

मनोरञ्जन

कमेडी च्याम्पियन्स सिजन ३ को उपाधि खड्कालाई

काठमाडौँ । कमेडी च्याम्पियन्स सिजन ३ को उपाधि काठमाडौंका सुनील खड्काले जितेका छन् ।  कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको कमेडी च्याम्पियनको शनिबार साँझ सम्पन् फिनालेमा दर्शकहरूको मतका आधारमा खड्का विजेता घोषित भएका हुन् । विजेता बनेसंगै खड्काले नेटा भी कार तथा नगद २५ लाख पुरस्कार पाएका छन् । यस्तै फस्ट रनरअप सुनसरीका ऋषभ काफ्ले तथा सेकेन्ड रनरअप Read More…

साहित्य

कविता : पहिचान फेर्दै आयो “असार १५”

कार चढेर आयो असार १५ कार्ड भिरेर आयो असार १५ ! खादा मालामा सजिएर पहिचान फेर्दै आयो असार १५ ! अघिल्लो साल त्यो, यस बर्ष यो नारामा कृषी क्रान्ति भन्दै आयो असार १५ ! बर्सेनि विभिन्न पहिचान फेर्दै यस बर्षपनि आयो असार १५ ! को सक्कली को नक्कली चिन्नै नसकिनेगरि आयो असार १५ ! विभिन्न Read More…

संघ \संस्था

मेची कृषक सहकारीले मनायो २१ औं धान दिवस

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाले शनिबार २१ औं धान दिवस उल्लास पूर्ण रुपमा मनाएको छ । आफ्ना सदस्य कृषकहरुलाई ब्यवसायिक कृषि उत्पादकनालागि प्रोत्साहित गर्दै आएको सहकारीले सहकारी संस्थाका सदस्य मेचीनगर ५ निवासी मोतिलाल पुरीको करिव १० कठ्ठा खेतमा धान रोपेर धान दिवस मनाएको हो । मेची कृषक सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्वमा Read More…

धर्म संस्कृती राजनीति

एमाले मेचीनगर कमिटीले किसानको धान रोपेर मनायो असार पन्द्र

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले यसपालिको असार पन्द्र (राष्ट्रिय धान दिवस) किसानको खेतमा सामुहिक धान रोपाइँ गरेर मनाएको छ । प्रत्येक बर्ष छुट्टाछुट्टै क्षेत्रका विभिन्न किसानहरूकोमा सामुहिक रूपमा धान रोपे मनाउँदै आएको असार पन्द्र यसपटक एमाले नगर कमिटीले मेचीनगर-९ शिवराज चोक स्थित रति किसानको १ बिघा जग्गामा धान रोपेको हो । शनिबार बिहान किसानको Read More…

धर्म संस्कृती

आज दही-चिउरा खाने दिन, राष्ट्रिय धान दिवस पनि मनाइँदै

झापा ।  आज राष्ट्रिय धान दिवस । धानको उत्पादनलनई प्रोत्साहन दिन असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालिए अनुसार आज देशैभरका पालिकाहरुले आ–आफना कृषि शाखा मार्फत दही चिउरा सहित भौगोलिक अवस्था अनुसार धान रोप्न सुरु गरेर वा मैजारो गरेर धान दिवस मनाउँदैछन् ।  राष्ट्रियस्तरमा आज चितवनमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा धान दिवस मनाउने कार्यक्रम Read More…

राजनीति

युवासंघ मेचीनगर कमिटीको एक दिवशिय प्रशिक्षण कार्यक्रम सम्पन्न

मेचीनगर । राष्ट्रिय युवासंघ नेपाल मेचीनगर कमिटीको आयोजनामा एक दिवशिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जननेता स्व मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा एमाले क्षेत्रिय पार्टी कार्यालय काँकरभिट्टामा शुक्रबार सम्पन्न प्रशिक्षण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य भिम खवासको प्रमुख आतिथ्य रहेको थियो । प्रशिक्षण कार्यक्रममा सहभागी युवालाई प्रशिक्षक सन्तोष आचार्यले प्रशिक्षण गराएका Read More…

संघ \संस्था

४० वटा जेसीज शाखाका पदाधिकारी बिर्तामोडमा

बिर्तामोड । आफूमा भएको क्षमतालाई प्रस्तुत गर्दै क्षमतावान बनाउने उद्देश्यले नेपाल जेसीजले ४० वटा शाखालाई दुई दिवसीय कार्याशाला सुरु गरेको छ । शुक्रबार झापाको बिर्तामोडमा औपचारिक कार्यक्रमबीच कार्यक्रमको प्रमुख अतिथि मेचीनगरकी उपमेयर मिना पोख्रेल उप्रेतीले उद्घाटन गरेपछि एरिया ए´ का लागिइन्पावरिङ एसजी´ दुईदिने कार्याशाला सुरु भएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले जेसीजले Read More…

संघ \संस्था

मेचीनगर स्तरीय वक्तृत्वकला प्रतियोगितामा धुलाबारी माविकी दिब्या प्रथम

मेचीनगर । नगर स्तरीय दलित समन्वय समिति मेचीनगरले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको उपाधि धुलाबारी माविकी दिब्या रायाले जितेकी छिन् । उपाधि जितेसँगै उनले नगद १० हजार १ सय २५ रुपैयाँ नगद, प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् । मेचीनगर-८, स्थित आदर्श मावि परिसरमा बिहीबार सम्पन्न प्रतियोगिताको दोश्रो र तेस्रो क्रमशः ओसिएनिक निर्माण Read More…