शिवसताक्षी । सतासीधाम जेसीजले प्रभावकारी भाषणकला तालिम सम्पन्न गरेको छ । बार्षिक कार्यक्रम अन्तर्गत सतासीधाम जेसीजले युवालक्षित तालिम सम्पन्न गरेको हो ।
“नेतृत्व प्रवर्द्धनका लागि हातेमालो” भन्ने उदेश्यका साथ सतासीधाम जेसीजले जेठ ३१ र ३२ गते आयोजना गरेको तालिममा युवाहरूलाई उद्घोषण कला तथा क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत प्रभावकारी भाषणकला तालिम सम्पन्न गरेको छ ।

दुई दिवसिय तालिममा झिलझिले मावि, पशुपति एकाडेमी, निम्स अंङ्ग्रेजी स्कुल र गणेशमान सिहॅ अध्ययन प्रतिष्ठानका करिब १५० जना विद्यार्थीको सहभागीता रहेको थियो ।
उनिहरूलाई मुख्य प्रशिक्षककाे रूपमा क्षेत्र ‘क’ तालिम संयोजक २०२४ तथा नेपाल जेसीजका मास्टर प्रशिक्षक प्रदिप बिष्टले प्रशिक्षण गराएका थिए भने प्रशिक्षकको रूपमा नेपाल जेसीजका मास्टर प्रशिक्षक पदमजंग कुबेर र शिवसताक्षी नगरपालिकाका अधिकृत महेश लामिछाने रहेको सतासीधाम जेसीज संचार संयोजक तथा कार्यक्रम संयोजक रिता कोइरालाले जानकारी दिइन् ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि शिवसताक्षी नगरपालिका वार्ड न ८ का वडाध्यक्ष सन्तकुमार फेवदिनले गरेका थिए ।
सतासीधाम जेसीज वर्ष २०२४ की निवर्तमान अध्यक्ष जेसी निर्मला प्रधानले स्वागत मन्तव्य राखेको कार्यक्रमकाे औचित्य माथि प्रकाश सतासीधाम जेसीज २०२० का शाखा अध्यक्ष नेपाल जेसीज २०२२ का राष्ट्रिय उपाध्यक्ष नेपाल जेसीज वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष साथै २०२४ का प्रमुख सल्लाहकार संयोजक जेसी कुमारसिहॅ सावाॅले पारेका थिए ।
सतासीधाम जेसीज वर्ष २०२४ का अध्यक्ष दारूमान राई (युविक) को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम सञ्चालन उपाध्यक्ष पुष्प पौडेलले गरेका थिए ।

