मेचीनगर । झापाको मेचीनगरमा कृयटिभ युथ सर्कल गठन गरिएको छ । युवा तथा विद्यार्थी मिलेर गठन गरिएको युथ सर्कलको नेतृत्व सचेत घिमिरेले गर्नेछन् ।
घिमिरेको अध्यक्षतामा गठन भएको युथ सर्कलको वरिष्ठ उपाध्यक्षमा आर्यन पौडेल, उपाध्यक्षमा विवश न्यौपाने, सचिवमा शैलेस गौतम, सह सचिबमा सुलभ भण्डारी, विष्णु चिमरिया तथा कोषाध्यक्षमा आयुषा पोख्रेल चयन गरेको छ ।
सदस्यमा राहुल रौनियार, आदर्श खतिवडा, अभिषेक शाह, सौरभ शाह, मिराज कट्टेल, विशाल चौधरी, मनिसा सापकोटा, युगल चापागाई, रोदिप रेग्मी, अभिषेक राजबंशी, समृत तामाङ, प्रनिल भण्डारी र राकेश शाह रहेका छन् ।
त्यस्तै सर्कलको सल्लाहकार संयोजकमा आशिष पौडेललाई चयन भएका छन् ।

