समाचार

ओली प्रधानमन्त्रीमा नियुक्त, भाेलि शपथ

काठमाडौं । प्रधानमन्त्रीमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

ओलीले एमालेका साथै नेपाली कांग्रेस लगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए ।

राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दावी पेश गरेका थिए ।
प्रधानमन्त्री नियुक्त भएका ओलीको साेमबार विहान ११ बजे शपथ हुने भएको छ ।