विविध

वडासदस्य भट्टराईले गरे पितृको सम्झनामा सन्त निरंकारीलाई सहयोग

मेचीनगर । मेचीनगर ८ का वडा सदस्य बिष्णु भट्टराईले आफ्नो स्वर्गीय बुबा आमाको सम्झनामा २० थान प्लास्टिककाे कुर्सी सहयोग गरेका छन् । प्रत्येक बर्ष आफ्नो दिवंगत बुबा रंगलाल भट्टराई र आमा तुलसा देवि भट्टराईको सम्झनामा विभिन्न सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै आएका स्थानीय जनप्रतिनिधि भट्टराईले यसपटक सन्त निरंकारी संगत भवनलाई २० थान प्लास्टिककाे कुर्सी सहयोग गरेका हुन् ।

बिगतदेखि नै आफ्नो स्वर्गीय बुबा आमाको सम्झनामा विभिन्न सामाजिक सेवा गर्दै आइरहेका भट्टराईले यसपटक मेचीनगर ८ समावेशी टोल स्थित सन्त निरंकारी संगत भवनलाई आवश्यक प्लास्टिकका कुर्सी हस्तान्तरण गरेका हुन् ।

स्वर्गीय बुबा आमाको सम्झनामा समाजमा थोरै भएपनि केही सामाजिक कार्य गर्न मन लाग्छ । बिष्णु भट्टराईले भने, संगै छँदा बुबा आमाले देखाएको समाजप्रतिको उत्तरदायित्वलाई निरन्तरता दिन मैले बिगतदेखि नै विभिन्न सामाजिक कार्यमा जोडिएर अगाडि बढिरहेको छु ।

यता सन्त निरंकारी संगत भवनकी अध्यक्ष रोहिता भट्टराईले आफ्नो संस्थालाई आवश्यक २० थान प्लास्टिककाे कुर्सी सहयोग गरेकाेमा धन्यवाद व्यक्त गरिन् । साथै उनले संस्थाले सहयोगी मनलाई सधैं सम्झी रहने बताइन् ।

सहयोग सामाग्री वितरण कार्यक्रममा सहयोगी दाता भट्टराईसंगै नेकपा एमाले मेचीनगर ८ वडा कमिटीका कार्यवाहक अध्यक्ष मिलन विश्वकर्मा, उपसचिव गणेश कार्की, सुरेन्द्रनगर घैलाडुब्बा देवि तथा शिव मंन्दिर समितिका अध्यक्ष गणेशकुमार खरेललगायतको उपस्थिति रहेको थियो ।