मेचीनगर । नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन असोज ११ र १२ गते धुलाबारीमा हुने भएको छ ।
धुलाबारी जेसीजको आतिथ्यतामा हुने क्षेत्र ‘क’ सम्मेलन भव्य रुपमा बनाउने तयारी रहेको धुलाबारीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठान टाउन हलमा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

करिब ३२ लाख अनुमानित बजेट खर्च हुने जनाइएको पत्रकार सम्मेलनमा क्षेत्र ‘क’ सम्मेलन आयोजक समितिका निर्देशक एवम् वर्ष २०१३ का अध्यक्ष अनन्तप्रकाश वस्तीले सहभागीहरुबाट १८ लाख र अन्य रकम दाताहरुबाट संकलन गर्ने बताए ।
उनले यो वर्ष सम्भावित ३ र क्षेत्र ‘क’ का ४३ गरी ४६ वटा शाखा, जुनियर जेसीज १६ वटा, देशभर तथा नेपाल जेसीजका पदाधिकारीसहित करिव ६०० जनाको सहभागी रहने जानकारी दिए । जेसीजको झापामा मात्र १७ वटा शाखा रहेका छन् ।
पहिलो दिन असोज ११ गते थिम सेमिनार ९विभिन्न क्षेत्रका व्यक्तिहरु वक्ता हुने०, जेनेरल एसेम्ली, सिनेटर वैठक, जुनियर जेसीजको वैठक, अन्तर शाखा वक्तृत्वकला र जेसीज नाइट हुनेछ । यस्तै दोस्रो दिन असोज १२ गते तालिम, जेनेरल एसेम्ली, नेपाल जेसीजको अवार्ड वितरण, समापन र विभिन्न क्षेत्रका १७ वटा उपसमिति निर्माण हुने आयोजकको भनाई छ ।
वैदेशिक रोजगारमा जानबाट रोकेर युवाहरुलाई उद्यमशिलतामा लगाउन तालिम दिने सम्मेलनको मुख्य उद्देश्य रहेकोे आयोजकको भनाई छ । पत्रकार सम्मेलनमा धुलाबारी जेसीजका अध्यक्ष मञ्जिल रसाइली, पूर्व अध्यक्षहरु तेजप्रसाद चौलागाई, ऋषिराज तिम्सिना, दिनेश शाक्य, राजिव प्रसाई लगायत जेसीजका सिनियर जुनियर जेसीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण पूर्व अध्यक्ष तथा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन आयोजक समितिका सचिव लिलाप्रसाद भण्डारी र बाहुनडाँगी जेसीजका अध्यक्ष एवम् सम्मेलनका प्रचारप्रसार समिति संयोजक देबु बानियाँले संयुक्त रुपमा गरेका थिए ।

