मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशाेसिएसन इकाई समिति , मेचीनगर नगरपालिका, इटाभट्टा, काेशी प्रदेश झापाद्वारा मंगलबार विजय दशमी, शुभ दिपावली, छठ, नेपाल संवत् ११४५ लगायत सवै चाडपर्वका अवसरमा शुभकामना आदान प्रदान सम्पन्न भयाे ।
नगरपालिकाकाे सभाहलमा एशाेसिएसनका इकाई अध्यक्ष जितेन्द्र बुढाथोकीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि मेचीनगर नगरपालिका नगर उपप्रमुख मीना पाेखरेल उप्रेती रहेकी थिइन् ।

इकाई सचिव आयूष्मान निराैलाले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, याेजना, अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्की, एशाेसिएशनका केन्द्रीय सदस्य सञ्जय ढुङ्गाना, एशाेसिएसनका काेशी प्रदेश अध्यक्ष त्रिलाेचन पाैडेल , एशाेसिएसन इकाई समितिका निवर्तमान अध्यक्ष रविन्सन थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नगरपालिकाकाे विभिन्न शाखामा नियुक्ति तथा अन्य पालिकाबाट सरूवा भएर आएका कर्मचारीहरूलाई खादा अविर टीकाले सम्मान गर्दैन एशाेसिएसनकाे व्याज वितरण समेत गरिएको थियो ।
कार्यक्रममा एशाेसिएसनका संघीय, प्रदेशका प्रतिनिधि , नगरपालिकाका विभिन्न शाखाका प्रमुख, नगर प्रहरी प्रमुखलगायत अधिकाँश कर्मचारीहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा सहभागी सवैलाई एशाेसिएसनका इकाई उपाध्यक्ष भवानी सिटाैलाले शब्दमार्फत स्वागत गरेका थिए ।
कार्यक्रम इकाई एशाेसिएसनले आयाेजना गरेकाे दशै विशेष भाग्य चिठ्ठा उपहारमा पहिलाे पुरस्कार सराेज अधिकारी नगद २५००, दाेस्राे उषा भट्टराई नगद १५०० र तेस्राे जयन्ती खरेल नगद १००० र सान्तवना स्वरूप विपिन सम्वाहाम्फेले नगद ५०० प्राप्त गरेका थिए ।

