मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशाेसिएसन इकाई समिति , मेचीनगर नगरपालिका, इटाभट्टा, काेशी प्रदेश झापाद्वारा मंगलबार विजय दशमी, शुभ दिपावली, छठ, नेपाल संवत् ११४५ लगायत सवै चाडपर्वका अवसरमा शुभकामना आदान प्रदान सम्पन्न भयाे । नगरपालिकाकाे सभाहलमा एशाेसिएसनका इकाई अध्यक्ष जितेन्द्र बुढाथोकीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि मेचीनगर नगरपालिका नगर उपप्रमुख मीना पाेखरेल उप्रेती रहेकी थिइन् Read More…
Month: October 2024
झापामा खैरो हेराइनसहित एक युवक पक्राउ
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेचीपुल हुँदै भारतबाट नेपाल आउँदै गरेका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुनषाको मिथिला नगरपालिका वडा नम्बर ९ बस्ने २८ वर्षीय श्याम बहादुर लोप्चन छन् । उनलाई सोमबार बेलुका सवा सात बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो Read More…
कला र संस्कृतिको संरक्षण गर्न बाहुनडाँगीमा संगीत पाठशाला सञ्चालन
बाहुनडाँगी । कला, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मेचीनगर –४ मा श्री गणेश मौलिक संगीत पाठशाला सञ्चालनमा ल्याइएको छ ।मेचीनगर ४ वडा कार्यालय र इसिमोडको प्राविधिक र आर्थिक सहयोगमा सञ्चालित संगीत पाठशालाको उद्घाटन मेचीनगरपालिकाकी उप्रप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन् ।कार्यक्रमकी प्रमुख अतिथि उप्रेतीले मानव संसाधनको विकासको लागि वडानम्बर – ४ निक्कै अगाडि रहेको बताइन् । Read More…
अनैतिक सम्बन्धले राजेशको हत्या, मध्यरातमा मुनालाई भेट्न गएको खुलासा
झापा । झापा बाह्रदशी गाउँपालिका– ७ की २० वर्षीया मुना मेचे (राजवंशी) सँगको अनैतिक सम्बन्धका कारण २२ वर्षीय राजेश हजामको हत्या भएको खुलेको छ । श्रीमान् अभय राजवंशी वैदेशिक रोजगारीका लागि साउदी अरब गएपछि मुना पाँच वर्षका सन्तानसहित घरमा एक्लै बस्दै आएकी थिइन् । मध्यरात राजेश मुनाको घर गएपछि सो घटना भएको देखिन्छ । राजेश Read More…
झापा : राजेशको हत्या गरी गाडेको शव चार महिनापछि फेला, चार जना प्रहरी नियन्त्रणमा
झापा । करिब चार महिना अघि हत्या गरी ‘दृश्यम’ फिल्म शैलीमा गाडेको अवस्थामा झापा बाह्रदशी गाउँपालिका–५ फूलबारीका राजेश ठाकुरको शव भेटिएको छ । प्रहरीले निरन्तर चार दिनदेखि गरेको उत्खनन पश्चात् २२ वर्षीय राजेशको कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए । गन्हाएको अवस्थामा उनको शव बाह्रदशी–७ स्थित बिरिङ खोलाको बगरबाट उत्खनन Read More…
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको अध्यक्षमा धिमाल
मेचीनगर। राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको अध्यक्षमा सुनिल धिमाल सर्वसम्मत चयन भएका छन्। आज झापाको मेचीनगरमा आयोजित झापा जिल्ला अधिवेशनले ३३ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा जारी जिल्ला अधिवेशनले धिमालको नेतृत्वमा ९ जना पदाधिकारी चयन गरेको छ। जसमा प्रथम Read More…
मेची नदीले बगाउँदा एक महिलाको मृत्यु
मेचीनगर । मेची नदीले बगाएर बेपत्ता भएकी एकजना महिलाको शव भेटिएको छ । गएराति विहान २ बजेतिर खोला तर्ने क्रममा भारतपट्टी मेची नदीले बगाउँदा बेपत्ता भएकी मेचीनगर–७ गैरीगाउँ बस्ने भुवन खरेलकी श्रीमती अन्दाजी ३५ वर्षीया हिमा पोखरेल खरेलको शव आज बिहान ३:३० बजेतिर भारतपट्टी नै भेटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी मिमकुमार लामाले बताए । उनले Read More…
“आठौं रोलिंग च्यालेन्ज कप २०८१” कात्तिक ३ देखि धुलाबारीमा
मेचीनगर । झापाको धुलाबारीमा अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । फुटबल खेलमा सक्रिय जिल्ला कै पुरानो क्लब रोलिंग क्लब धुलाबारीको आयोजनामा आगामी कात्तिक ३ गतेदेखि १० गतेसम्म “अन्तराष्ट्रिय आमन्त्रण आठौं रोलिंग च्यालेन्ज कप २०८१” सञ्चालन हुने भएको हो । पुर्वी नेपालको चर्चित क्लबहरू सहभागी रहने प्रतियोगितामा छिमेकी मुलुक भारतबाट समेत टिम सहभागी Read More…
नेपालद्वारा ओमान ५६ रनले पराजित
काठमाडाैं । क्यानडामा जारी त्रिकाेणात्मक टी-२० क्रिकेट सिरिजकाे आफ्नाे चाैथाे तथा अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेकाे छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेकाे हाे । नेपालले दिएकाे १ सय ५८ रनकाे लक्ष्य पछ्याएकाे ओमानले १७ ओभर ५ बलमाअलआउट हुँदै १ सय १ रन मात्र बनाउन सक्याे । उसका Read More…
विजय दशमीको अवसरमा श्रीमद् देवि भागवत महापुराण नवाह ज्ञान महायज्ञ
मेचीनगर । विजय दशमीको अवसर पारेर झापाको मेचीनगर १०, नागरिक चौकस्थित भाष्कर हरि ज्योति किर्तन मण्डलीले असोज १७ गतेदेखि श्रीमद् देवि भागवत महापुराण नवाह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । बिहीबारदेखि सञ्चालन हुने श्रीमद् देवि भागवत महापुराण नवाह ज्ञान महायज्ञ आगामी असोज २५ गते समापन हुनेआयोजकले जनाएको छ । आयोजक समितिका विजय भट्टराईका अनुसार Read More…










