युवराज रेग्मी
झापा । नेपाल शिक्षक संघ झापाको महिला विभाग झापाद्वारा आयोजित नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आज सनिबार सम्पन्न भएको छ । झापाको चारआली स्थित त्रिदेव बहुमुखी क्याम्पसको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न भएको हो ।
नेपाल शिक्षक संघ जिल्ला झापा महिला उपाध्यक्ष एवं महिला विभाग सम्योजक धनकुमारी खरेलको अध्यक्षता एबम संघ केन्द्रीय अर्थ महासचिव निर्मला कोइरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथि नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चम्लागाँई , नेपाल शिक्षक संघ कोशी प्रदेश महिला उपाध्यक्ष रामकुमारी भण्डारीको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अन्य अतिथिहरुमा शिक्षक महासंघ झापा अध्यक्ष नेत्रप्रसाद खरेल,नेपाल शिक्षक संघ झापा अध्यक्ष तोया दाहाल शिक्षक संघ सङ्घीय प्रतिनिधि चित्रकला ओली र कृष्णमाया रिजाल , कोशी प्रदेश सदस्यहरू भूमादेवी आङ्दम्बे , लिला भण्डारी, भरत भट्टराई , प्रदेश प्रतिनिधि मेनका शर्मा दाहाल र फुलेरा खातुन साथै जिल्ला कार्यसमिति पदाधिकारीहरू एबम महिला विभागका सदस्यहरू लगायत जिल्लाका पन्ध्र पालिकाहरुबाट महिला उपाध्यक्ष सहित महिला शिक्षक नेतृत्वहरू गरि ७० जना महिला शिक्षकहरूको प्रशिक्षण कार्यक्रममा सहभागिता रहेको थियो ।
महिला विभागका सदस्य एवम नेपाल शिक्षक संघ भद्रपुर अध्यक्ष मञ्जु दाहालले स्वागत गरेको कार्यक्रममा नेपाल शिक्षक संघ झापा अध्यक्ष तोया दाहाल ,नेपाल शिक्षक महासंघ झापा अध्यक्ष नेत्र खरेल ,नेपाल शिक्षक संघ कोशी महिला उपाध्यक्ष रामकुमारी भण्डारी, नेपाल शिक्षक संघ कोशी अध्यक्ष तेजप्रसाद चम्लागाँई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रशिक्षक लता खरेल र प्रमुख अतिथि नेपाल शिक्षक संघ केन्द्रीय अर्थ महासचिव निर्मला कोइरालाबाट प्रशिक्षण सञ्चालन गरिएको कार्यक्रम महिला विभाग सदस्य एवम झापाका सह कोषाध्यक्ष तुलसा खरेलले सञ्चालन गरेकी थिइन ।

