संघ \संस्था

गाैतम समाज कमल, अध्यक्षमा पुनः त्रिलोचन

झापा । आज गाैतम समाज झापा,अन्तर्गत रहेको कमल उपसमितिकाे चुनावी साधारणसभा सम्पन्न भएको छ। हिजो सीतापुरी निवासी बन्धु खेमनाथ गाैतमकाे निवासमा भएको कमल उपसमितिकाे साधारणसभाले पुन: दुई बर्षका लागि त्रिलाेचन गाैतमलाई अध्यक्षकाे जिम्मेवारी सुम्पेको हो।

शनिबार सम्पन्न साधारणसभामा गाैतम समाजका केन्द्रीय अध्यक्ष नीतिरमण गाैतम तथा केन्द्रीय सदस्य द्वय सुमन गाैतम र हेमराज उपाध्याय गौतमलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

त्रिलाेचन गाैतमको नेतृत्वमा नव निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा दीपक गाैतम, सचिवमा खेनामथ गाैतम, सहसचिवमा लक्षीमा गाैतम र काेषाध्यक्षमा रेणुका गाैतम रहेका छन् । सदस्यहरूमा नन्दलाल गाैतम, शेखर गाैतम, हिरण्य गाैतम र सुमन गाैतम रहेका छन् ।

त्यस्तै केन्द्रीय अधिवेशन प्रतिनिधि पार्षदहरुमा दीपक गाैतम, खेमनाथ गाैतम, फडिन्द्र गाैतम, नर्वदा गाैतम र आनन्ददेव गाैतम रहेका छन् ।

साधारणसभामा गौतम बन्धु घरधुरी गणना, उपसमिति काेष, पैतृक स्थल भ्रमण, नियमित घुम्ती बैठक, पार्षदले नयाँ बिधान अनुसार सदस्यता लिने जस्ता विभिन्न बिषयमा गहन छलफल भएको अध्यक्ष त्रिलोचन गौतमले जानकारी दिए ।