झापा । उपभोक्तालाई राहतमा वितरण गरेको काठ प्रहरीकै स्कटिङमा तस्करी हुने गरेको तथ्य फेला परेको छ । बरफल्याङ सामुदायीक वनका पूर्वअध्यक्ष लक्ष्मीकान्त घिमिरे र बरफल्याङ प्रहरी चौकीका इन्र्चाज असई छत्र श्रेष्ठले गत शुक्रबार तस्करी गरी झापा तिर ल्याउँदै गरेको काठ सशसत्र प्रहरीले अर्जुनधारा–१ बाट जफत गरेसँगै यो तथ्य खुलेको हो ।
मे १ ज ११६५ नम्बरको पिकअप गाडीमा सखुवाको चिरनकाठ अवैध रुपमा आउँदै गरेकोे सूचनाको आधारमा सहायक प्रहरी निरिक्षक नाराण श्रेष्ठको कमाण्डमा गएको टोलीले ठुलेनेते खोलको पुलनजिकै पक्राउ गरेको थियो । असई श्रेष्ठ र उनकोसाथमा एक हवल्दारले काठ बोकेको पिकअप गाडीलाई पछाडीबाट स्कटिङ गरि रहेको अवस्था सशस्त्र प्रहरी गाडी नियन्त्रमा लिएसँगै बाईक फर्काएर भागेको स्थानिय प्रत्यक्षदर्शीले बताए ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ३८.४८ क्युफिट सखुवाको काठ र पिकअप गाडी आवस्यक कार्वाहीका लागि कनकाई सवडिभिजन वन कार्यालय सुरुङ्गामा बुझाइएको जनाएको छ । सवडिभिजन वन कार्यालय सुरुङ्गाका साहायक वन अधिकृत सुरेशकुमार खनालले उहाँहरु (तस्करले) पेश गरेको कागजपत्रको आधारमा कानुन अनुसार कार्वाही प्रक्रिया अगाडि बढाउने बताए ।
दिउसो २ बजे खनालले स्थलगत मुचुल्का तयार पार्न गएको जानकारी दिएका थिए । साँझकल गर्दा अनुसन्धानको प्रकृया रहेको भन्दै पन्छीन खोजेका थिए । साँझ ६ बजे उनकै अफिसमा सो काठका तस्कर सई श्रेष्ठ र पूर्वअध्यक्ष घिमिरे हवल्दारलाई समेत साथमा लगाएर भेट्न पुगेको भिडियो हामीलाई प्राप्त भएकोे छ ।
काठ पक्राउ परेसँगै फसिने डरले असर्ई श्रेष्ठले नातामा आफ्न्त पर्ने खुनावारीमा काठ मिल संञ्चालन गर्दै आएका पूर्णचन्द्र श्रेष्ठलाई भनेर काठको भ्याट बिल बनाउन लगाएर वन कार्यालमा पेश गरेको जानकारी आएको छ । श्रेष्ठको समिलको भ्याटबिल पेश गरे पनि सो काठमा श्रेष्ठको मिलको टाँचा प्रयोग भएको छैन यसबाट पनि तस्करले बच्न किर्ते गरेको प्रष्ट हुन्छ ।
अच्चम चै के भने काठ बरमद भएको स्थान हलुवागड समुदायीक वन नजिकै ठुलो नेते खोलको छेउमा रहे भए पनि भ्याटबिल भने खुदुनावारी बजारमा रहेको समलिले दिएको छ । मिलबाट काठ बरामद भएकोस्थान पूर्व उत्तरमा पर्छ र आजसम्म त्यो क्षेत्रका स्थानियले त्यो समिलबाट काठ किनेर लगेको छनै त्यो पनि रातिको समयमा । पूर्णचन्द्र श्रेष्ठले चोरी र सामुदायीक वनले उपभोक्तालाई राहतमा वितरण गरेको काठ अवैध तरिकाले किन्ने गरेको स्थानियले बताए । समिलमा भएको काठको विरण र उनले वैध तरिकाले खरिद गरेको विवरण हेरेर तस्करीमा साथ दिने समिल सञ्चालक श्रेष्ठलाई समेत कार्वाही गर्न स्थानियले माग गरेका छन् ।
असई श्रेष्ठले बरफल्याङ प्रहरी चौकीको कमाण्ड गरेसँगै रोङका समुदायीक वन र खोलामा तस्करी गर्नेसँग साठगाठ गरि पैसा असुल्ने गरेको तथ्य फेला परेको छ । उनले चुरेक्षेत्रमा रहेको रोङको सम्बेदनसिल क्षेत्रका बिरिङ, ठुलोनेते, टाङटिङ, गोयाङ खोलाको नदिजन्य सामाग्री ओसार–पसार गर्नेसँग मासिक रुपमा रकम असुल्ने गरेको फोन रेकर्ड समेत प्राप्त भएको छ ।
अर्जुनधारा–१ की सोमकुमारी राईको नाममा रहेको पिकअप गाडी बिक्रम ढुङ्गानाले मौखिक रुपमा खरिद गरेर चलाउने गरेका थिए । उनि सहित पक्राउ गरेको पिक र चालक ढुङ्गानालाई हिजो शुक्रवार नै कनकाई सवडिभिजन वन कार्यालय सुरुङ्गा छोडिसेको जनाएको छ ।
सहायक वन अधिकृत खनाललाई सेटिङ मिलाई सकेको र प्रहरीनै हाम्रो भएकोले दुई दिनमा केस मिलाएर गाडि निकालिदिने भन्दै पूर्व वन अध्यक्ष घिमिरेले गाडी साहु ढुङ्गानालाई आस्वाथ परेको स्रोतले बतायो । यस अगाडि पनि बरफल्याङ सामुदायिक वन उपभोक्ता समूहबाट तस्करी हुँदै आएको अवस्थामा सालको काठ वन समुहले नै बरामद गरि छलफल गरेर मिलाएको थियो । सई श्रेष्ठ र पूर्व अध्यक्ष घिमिरेले हाम्रोले प्रदेशदेखि संघसम्मका नेतासंग पहुँच गरेको छ भन्दै स्थानियलाई आतंकित बनाएर तस्करी गर्ने गरेको स्थानियले बतााए ।

