संघ \संस्था

पोखरा लेडी जेसीजको सप्ताहमा बृहत स्वास्थ्य शिविर

पोखरा लेडि जेसीजद्वारा आयोजित जेसीज सप्ताहको दोस्रो दिन बृहत निः शुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ । पोखरा–२२ पुम्दिभुम्दि लुकुम्स्वारा स्थित महेश्वरि माध्यामिक बिधालयको प्राङगढमा सम्पन्न शिविरमा कार्यक्रम स्वास्थ्य शिबिरमा ४०५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा नाक, कान घाँटी तथा स्त्री रोग सम्बन्धी परिक्षण गरिएको थियो ।


स्थानिय महिला तथा साना साना विद्यार्थीहरुलाई लक्ष्यित गर्दै स्वास्थ्य परीक्षण गरीएको थियो । स्वास्थ शिविरमा आँखा तर्फबाट मनिपाल स्वास्थ बिज्ञान प्रतिष्ठानका डाक्टर लक्ष्मण तिमिल्सिनाले स्वास्थ परीक्षण गर्नु भयो । स्त्री रोग तर्फबाट चरक मेमोरियल हस्पिटलबाट स्त्रि रोग बिशेषज्ञ डाक्टर सास्मी मानन्धर, नाक कान र घाँटी तर्फबाट चरक मेमोरियल हस्पिटलबाट नाक कान घाँटी बिशेषज्ञ डाक्टर नबिनराज गौतम र डेन्टल तर्फबाट मनिपाल हस्पिटलबाट डाक्टर सुशील पोख्रेल ले स्वास्थ्य परीक्षण गरानु भया।

शाखाकी अध्यक्ष लक्ष्मि अधिकारीको सभापतित्व तथा आदर्श समाज राष्टिय दैनिकका प्रमुख सम्पादक कृष्ण बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथि पोखरा महानगरपालिका वडा नं २२ का वडा अध्यक्ष्य मित्रलाल बराल र दि लायन्स क्लब अफ ईन्टरनेशनल नेपालका रिजन चियर पर्सन अमृत बराल, मातृ साखा पोखरा जेसिज का पूर्र्व अध्यक्ष शिव सुबेदी, महेश्वरी माबि को ब्यबश्थापन समिति का अध्यक्ष रिषिराम बराल, बिध्यालयका प्रधानाध्यापक कुलदेबि बराल, निवर्तमान अध्यक्ष कमला शर्मा कडेँलको उपस्थिति रहेको थियो ।


सुभद्र बरालले आस्थापाठ मुल संयोजक सरु थापाले कार्यक्रममाथि प्रकाश र सञ्चालन सचिव प्रमिला सुबेदिले गर्नु भएको थियोे ।