संघ \संस्था

पोखरा जेसीजको जेसीज सप्ताह सुरु

बाहुण्डाँगी । पोखरा लेडिज जेसीज द्वारा आयोजित जेसीज सप्ताह सुरु भएको छ । पोखरा ट्रेलमहल स्थित क्लासिक चुल्होको शभाहलमा एक समारोहकाबिच यस वर्षको सप्ताहको उद्घाटन गरिएको हो । पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा सिटी वानका टेलिफिजनका अध्यक्ष पवन प्रजापतीले सप्ताहको उद्घाटन गर्नु भएको थियो ।


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रजापतिले विभिन्न सफल महिला ब्यक्तित्वहरुको उदाहरण संगै अबको हरेक स्थानको नेतृत्व बहन गर्न महिला सक्षम बन्दै गएको बताउनु भयो । उहाँले अब महिलाले आधा आकास मात्रै नभई पुरै आकाश ढाक्न सक्षम हुनुपर्ने बताउँदै जसरी जेसीजको सफल नेतृत्व गरेर समाजलाई सक्षम नारी हस्तान्तरण गर्नु भएको छ त्यसलाई समाजमा पनि नेतृत्व गर्न अग्रसर हुनु पर्नेब बताउनु भयो ।


नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष एबम् पुर्ब अन्तराष्ट्रिय उपाध्यक्ष जेसिआइ सिनेटर राजु केसीले पोखरा क्षेत्रमा यस शाखाले आम महिलाहरुको नेतृत्व गर्दै आएको र आउँदा दिनमा नेपाल जेसीजसम्मको यात्रा तय गर्न सुझाव दिनु भयो । कार्यक्रममा मुख्य आकर्षण तथा गेष्ट अफ अनर्सका रुपमा पूर्व मन्त्री हिसिला यमि रहनु भएको थियो


शाखाकी अध्यक्ष लक्ष्मी अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष सन्तु पौडेल, मातृ शाखा पोखरा जेसीजका अध्यक्ष मिनराज खड्का छिमेकी शाखा लेखनाथ जेसीजका अध्यक्ष सुजन न्यौपानेलगायतले बोल्नु भएको थियो । कार्यक्रममा जेसीज आस्थापाठ कानुनी सल्लाहकार लता थापाले गर्नुभयो । स्वागत मन्तब्य कार्यक्रम सयोजक तथा सँस्थाकि सहकोषाध्यक्ष चन्द्रा भुजेल कार्यक्रमहरुको बारेमा मुल संयोजक सरु थापा र सञ्चालन पोखरा लेडि जेसिज २०२२ का सचीव प्रमिला सुबेदिले गर्नु भएको थियोे ।