बाहुण्डाँगी । गैडाकोटो जेसीजको आयोजना तथा अन्य बुटवल पूर्वका १७ वटा जेसीज शाखाहरुको सहकार्यमा एक दिने अनलाईन मल्टि च्याप्टर एम आइ एस तालिम सम्पन्न भएको छ । तालिममा नेपाल जेसीजको वेवसाइडमा कसरी रेकर्ड मा सजिलै राख्न सकिन्छ भन्ने विषयलाई मध्य नजर एम आइ एस तालिम सम्म्पन्न भएको हो । एम आइ एस को आवश्यकतामा निरुपित उपाध्यक्ष नारायण भट्टराईले प्रस्ट पर्नु भयो । प्रयोगात्मक रुपमा पोष्ट गर्न सिकाउदै केइभी टेक्नोलोजीज का आइटि म्यानेजर लाल बहादुर रेश्मी थापाले तालिम दिनु भयो । उक्त कार्यक्रम गैंडाकोट जेसीजका अध्यक्ष शंकर अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।


