राजनीति विचार

अग्रणी समाज सुधारक : विपी

राजेन्द्र गौतम झापा । लेखकीय सत्ता स्थापना गर्ने प्रवृत्त नाम हो, विश्वेश्वरप्रसाद कोइराला । राजनीतिमा विपी कोइरालाको छवि प्रजातान्त्रिक समाजवादको प्रवर्तक हो । लेखन र राजनीतिलाई एकसाथ पर्गेल्ने सामर्थ्य नै विपी विविधता हो । विपी बिचार हो, विपी चिन्तन र चेतनाको पुञ्ज हो । नकि, कसैको भजन गाउने यन्त्रमानव । यी विपी कोइरालाका कर्मका कुरा Read More…

संघ \संस्था

उपभोक्तालाई राहतमा वितरण गरेको काठ वनको पदाधिकारी र प्रहरीकै स्कटिङमा तस्करी

झापा । उपभोक्तालाई राहतमा वितरण गरेको काठ प्रहरीकै स्कटिङमा तस्करी हुने गरेको तथ्य फेला परेको छ । बरफल्याङ सामुदायीक वनका पूर्वअध्यक्ष लक्ष्मीकान्त घिमिरे र बरफल्याङ प्रहरी चौकीका इन्र्चाज असई छत्र श्रेष्ठले गत शुक्रबार तस्करी गरी झापा तिर ल्याउँदै गरेको काठ सशसत्र प्रहरीले अर्जुनधारा–१ बाट जफत गरेसँगै यो तथ्य खुलेको हो । मे १ ज ११६५ Read More…

राजनीति

गौरादह ३ का वडाध्यक्ष भण्डारी एमालेमा प्रवेश, पूर्व स्वतन्त्र जनप्रतिनिधिको प्रवेशसँगै एमाले थप सशक्त

गौरादह । गौरादह नगरपालिका वडा नं. ३ का वडाध्यक्ष दिलिप भण्डारी नेकपा एमाले मा औपचारिक रूपमा प्रवेश गरेका छन्। पार्टी प्रवेशको अवसरमा उनलाई नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन्। नेकपा (एमाले) झापा जिल्ला कमिटीका सचिव तुलसी कार्कीका अनुसार भण्डारीलाई पार्टी अध्यक्ष ओली स्वयंले स्वागत गर्दै पार्टीमा प्रवेश गराएका हुन् Read More…

राजनीति

वर्तमान सरकार भ्रष्टाचारको चंगोलमा फसेको छ : अध्यक्ष लिङ्गदेन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्गदेनले वर्तमान सरकारलाई भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् । शनिबार झापाको मेचीनगरमा आयोजित राप्रपाको पाँचौं नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देशको शासन व्यवस्था नै भ्रष्टाचारबाट ग्रसित भएको टिप्पणी गरे । “आज देशमा सुशासन छैन, भ्रष्टाचार मौलाएको छ । देशका दुई ठुला दल नेकपा एमाले र Read More…

समाचार

नेपालीद्वारा धनीपूर्जाको प्रलोभन देखाई स्थानीयबाट रकम असुलीको आरोप

झापा । जिल्ला समन्वय समिति झापाका सदस्य रीता नेपालीले अर्जुनधारा ५ का दर्जनौं अव्यवस्थित वसोवासीहरुबाट धनीपूर्जा दिलाउने प्रलोभन देखाई रकम असुलेको खुलेको छ । अर्जुनधारा – ५ कै वासिन्दा रहेकी नेपालीले स्थानीय फूलमाया मोते, रञ्जु गुप्ता श्रेष्ट, प्रमिला राजवंशी लगायत ३० जना भन्दा बढी स्थानीयबाट १५ दिन भित्र धनीपूर्जा दिलाई दिने भन्दै जनही ६ हजारका Read More…

समाचार

राजनीतिक र प्रशासनिक आडमा खरेलको लागूऔषध गोदाम: काठमाडौं देखि पोखरासम्म बिक्री

झापा । प्रहरीले झापाको बिर्तामोडबाट बिहिबार ठूलो मात्रामा लागु औषधजन्य प्रतिबन्धित औषधि बरामद गरेको छ । स्थानीयको विषेश सूचनाका आधारमा नेकपा एमालेका सक्रिय कार्यकर्ता तथा पार्टीनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ झापाका पदाधिकारी भानुभक्त खरेलले संचालन गर्दै आएको औषधीको गोदाममा छापा मार्दा ठूलो मात्रामा लागुऔषधजन्य प्रतिबन्धित औषधी फेला परेको हो । पछिल्लो समय झापाको बिर्तामोड लागुऔषध प्रयोग कर्ताको Read More…

अर्थ

बाहुण्डाँगीको चिया ‘जमघट’ देशभर पुर्‍याउन टिकटक भिडिओ प्रतियोगिता

मेचीनगर । हात्ती प्रभावित क्षेत्र बाहुण्डाँगीका किसानले उत्पादन गरेको गुणस्तरीय चिया अब देशभरका भान्सासम्म पुर्‍याउने लक्ष्यसहित चिया संसार प्रा.लिले नयाँ अभियान थालेको छ । मेचीनगर–६, बाहुण्डाँगीस्थित उद्योगले ‘जमघट’ ब्रान्ड नाममा उत्पादित तयारी चियाको बजार विस्तारका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागेको हो । बुधबार उद्योग परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष सचिन निरौलाले प्रतियोगितासम्बन्धी जानकारी Read More…

अर्थ

प्रेस चौतारी झापाको उपचार कोषलाई २७ हजार १ सय रुपैयाँ सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग रकम प्राप्त भएको छ । बिर्तामोडस्थित नेकपा एमालेका नेताहरुले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा एमाले बिर्तामोड नगर कमिटीको कार्यालयमा नेताहरुले चौतारीको उपचार कोषलाई नगद २७ हजार १ सय रुपैयाँ सहयोग गर्नु भएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप Read More…

संघ \संस्था

मेचीनगर–४ मा तीन महिने कम्प्युटर तालिम सम्पन्न, ६० जनालाई प्रमाणपत्र वितरण

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ४ ले सञ्चालन गरेको तीन महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ। गत वैशाख ७ गतेदेखि सुरु भएको तालिम असार ३१ गते सम्पन्न भएको हो। वडाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित तालिममा एसईई दिएका र इच्छुक गरी कुल ६० जना विद्यार्थी सहभागी भएका थिए। तालिमको प्रशिक्षकका रूपमा एकता खनाललाई जिम्मेवारी Read More…

संघ \संस्था

मेचीनगर ४ ले दियो बाँस तथा काठजन्य हस्तकला तालिम, उद्यमी उत्साहित

झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर -४ बाहुण्डाँगीमा हात्तीमैत्री पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी सृजना गर्ने उद्देश्यसहित बाँस तथा काठजन्य हस्तकला सामग्री निर्माण तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रममा प्रमुख अतिथि नगर उप-प्रमुख मीना पोख्रेल उप्रेतीले बाँस तथा काठजन्य सामग्री निर्माणमार्फत राम्रो आम्दानी गर्न सकिने भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताइन्। उनले नगरपालिकाले उत्पादन भएका Read More…