विकास घिमिरे
कमल, भदौं १३ । झापाको कमल गाउँपालिकामा समुदाय स्तरमा कोरोना फैलिन थाले पछि भाद्र ६ गते राति १२ः०० बजे देखि भाद्र १३ गते राति १२ः०० बजे सम्मलाई लगडाउनको घोषण गरिएका थियो हाल स्थिती अझ नाजुक हुदै गएपछि आज विहान ७ः०० बजेको कार्यपालिको बैठकले पुनः भाद्र २० गते राति १२ः०० सम्मलाई एक प्रेस विज्ञप्ती जारी गर्दै निषेधाज्ञा जारि गरेको छ ।
निषेधाज्ञा अवधिभर दैनिक उपभोगका सामानहरु खरिद विक्रि गर्न विहान ९ः०० बजे सम्म खोल्ने, कुनै पनि पसल, व्यापार, व्यवसाय खोल्दा अनिवार्य मास्क,सेनिटाइजरको प्रयोग गरेर खोल्न पाउने भने केर्खा बजारको हकमा भने कुनै पनि पसल, व्यापार, व्यवसाय निषेधाज्ञा अवधिभर पूर्ण रुपमा बन्द रहनेछ।
होटल, शैलुन, व्यूर्टिपार्लर, बैकं तथा वित्तिय संस्थाहरु, सहकारीहरु, विद्यालयहरुर अन्य कार्यलयको सेवाहरु पनि पूर्ण रुपमा बन्द रहने छन् । भने दुधडेरी विहान ६ः०० बजे देखी ८ः०० बजे सम्म र बेलुका ४ः०० बजे देखी ६ः०० सम्म खुल्ने औसधी पसल २४ औँ घण्टा खुल्ला रहनेछ ।
एमुलेन्स, स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, सरकारी कर्मचारी, सञ्चार कर्मी र सवारी साधन पास भएका सवारी वाहेक अन्य सवै प्रकारका सवारी साधाहरु चलाउन निषेध गरिएको छ । त्यस्तै मलामी जादाँ २५ जना भन्दा बढि जान नपाइने र मलामी जादाँ बस पनि प्रयोग गर्न पाइने छैन । पि.सि.आर. (स्वब संकल) गरिएका व्यक्तिहरु रिपोर्ट नआउजेलसम्म होम क्वारेन्टाइन्मा अनिवार्य रुपमा बस्नु पर्ने छ ।
वडा कार्यलय पनि पूर्ण रुपमा बन्द रहने र गाउँपालिका भने गाउँपालिकाबाट हुने सेवाहरु मध्ये वाह्यय सेवाहरु र कार्यहरु स्थगित गरिएको र सवै प्रकारका सभा सम्मेलन, गोष्ठी, भेला भने पूर्ण रुपमा बन्द रहने छ । भन्दै गाउँपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै सवैलाई अत्यआवश्यक काम वाहेक घर बाहिर ननिस्कन आवह्न गर्दै निषेधाज्ञा घोषणा गरेको छ । निषेधाज्ञाको उल्लघन गरेमा प्राचिन कानुन अनुसार गाउँपालिका, प्रहरी प्रशासा द्धारा कडा कार्वाही गरिने छ ।


