झापा, असोज ६ । मंगलबार मेचीनगरका २ स्थानीय सहित झापामा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मेचीनगरमा आज थपिएकाहरुमा २ मेचीनगर वडा नं ३ का २ स्थानीय र भारतबाट आएर मेचीनगर ६ स्थित होटल क्वारेन्टाइनमा बसेका इलामका १ जनामा समेत कोरोना पुष्टि भएको छ ।
दमक नगरपालिकाका ६ जना महिला र ९ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
कार्यालयका कोरोना फोकल पर्सन जीवन चौंलागाईंका अनुसार भद्रपुर कारागारका १ जना कैदी र कमल गाउँपालिकाका १ जना महिलामा संक्रमण पुष्टि भएको छ।
मेचीनगर ६ स्थित होटल क्वारेन्टाइनमा बसेका इलामका १ जना बाहेक झापामा आज थपिएका सबै स्थानीय संक्रमित हुन्।

