खेलकुद

आईपीएल: कोलकत्ताको रोमाञ्चक जित, पञ्जाव २ रनले पराजित

काठमाडौं, असोज २५ । कोलकत्ता नाईट राईडर्सले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चौथो जित दर्ता गरेको छ ।

रोमाञ्चक खेलमा किंग्स एलाभेन पञ्जावलाई २ रनले हराउदै कोलकत्ता तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । कोलकत्ताले दिएको १ सय ६५ रनले लक्ष्य पछ्याएको पञ्जावले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।

कप्तान लोकेश राहुलले ७४ र मयांक अग्रवालले ५६ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । दुबैले पहिलो विकेटका लागि १ सय १५ रनको साझेदारी गरेका थिए । अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न नसक्दा पञ्जाव सिजनको छैटौ हार भोग्न बाध्य भयो । निकोलस पुरनले १६ र ग्लेन म्याक्सवेलले नटआउट १० रन बनाए । कोलकत्ताका अनन्त कृष्णले ३ तथा सुनिल नारिनले २ विकेट लिए ।

यसअघि आबुदाबीस्थित शेख जायेद अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित ओरभमा ६ विकेट गुमाएर १ सय ६४ रनको मध्यम योगफल तयार पारेको थियो । कप्तान दिनेश कार्तिकले ५८ र सुभमन गीलले ५७ रन बनाएको ईनिङसमा ईयोन मोर्गनले २४ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

पञ्जावका महम्मद सामी, अर्शदिप सिंह र रबी बिस्नोईले समान एक विकेट लिए । कोलकत्ताका ३ ब्याट्सम्यान रनआउट भएका थिए ।