बाहुण्डाँगी, २७ मंसिर । तुलसीपुरनगर जेसीज २०२१ को अध्यक्षमा नारायण भट्टराई सर्वसम्वत निर्वाचित हुनु भएको छ ।
शनिवार सम्पन्न शाखाको अधिवेशनले भट्टराईलाई अध्यक्षमा निवाचित गरेको हो । शाखाको कार्यकारिणी उपाध्यक्षमा कमल प्रकाश शर्मा र वसन्त भण्डारी, उपाध्यक्षहरुमा बुद्धि सापकोटा, छ्बी कुमार वलि, थुम्मन बिस्वकर्मा र शिब न्योपाने तथा सचिबमा झग्गु सापकोटा सर्बसम्बत निर्वाचित भएका निर्वाचन अधिकृत मेघराज घिमिरेले बताउनु भयो । कार्यक्रममा पुर्ब अध्यक्ष झरेन्द्र खरेल शुर्य प्रकाश शर्मा, दिपेश भन्डारीले नयाँ नेतृत्व लाई बधाई शुभकामनाका साथै जेसिज लागेका युबा हरुले समाज रुपान्तरण कार्यमा अग्रस्थानमा काम गर्नु पर्ने बताउनु भयो । कार्यक्रम शाखाका अध्यक्ष मोहन सुनारको अध्यक्षमा सम्पन्न भएको थियो ।


