समाचार

ट्रिपरको ठक्करबाट मेचीनगरमा युवतीको मृत्यु

झापा, माघ ७ । झापाको चारआली चन्द्रगढी सडकखण्डमा ट्रिपरको ठक्करबाट घाइते भएकी एकजना युवतीको आज मृृत्यु भएको छ । झापाको मेचीनगर-१३ की १८ वर्षीया अंशु सिवाकोटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिजो विहान उनलाई मे १ ख २५१५ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । उपचारका क्रममा आज बिहान उनको निधन भएको हो । उनीसँगै घाइते भएका स्थानीय राहुल बस्नेतको उपचार भइरहेको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाका अनुसार टिपर चालक भद्रपुर(९ का सुमन ओझालाई पक्राउ गरिएको छ । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।