विविध

केटी साथीलाई अश्लिल सामग्री पठाउने युवा पक्राउ

काठमाडौं, माघ ७ । आफ्नो केटी साथीलाई अश्लिल भिडियो तथा फोटो पठाउने युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान जिल्लाको कुमख गाउँपालिका ४ का ३६ वर्षीय रमेश शाही भनिने रवि शाही रहेका छन् ।

प्रहरी प्रधान कार्यालय साइबर व्युरोका प्रवक्ता एवं सूचना अधिकारी नविन्द अर्यालका अनुसार उनले फेसबुकको म्यासेञ्जरमार्फत अश्लिल भिडियो तथा फोटो पठाएका थिए । उनमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको हो ।