राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ । बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

गत पुस ७ गतेदेखि सुरु भई पुस १९ मा रोकिएको बैठक आज मंगलबार बस्न लागेको हो। बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेताहरुले जनाएका छन्।

कांग्रेसमा संस्थापन इतर प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा छ भने सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्ने पक्षमा छन्। यसअघि ५ दिनसम्म चलेको बैठकमा २१ जनाले मात्रै आफ्नो धारणा राखेका छन्।