संघ \संस्था

धनकुटा सिटी जेसीजमा पुण्यप्रसाद अधिकारीद्धारा पदभार ग्रहण

बाहुण्डाँगी १८ माघ । धनकुटा सिटी जेसिजको २०२१ को लागि पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
धनकुटा सिटी जेसिजको बर्ष २०२१ का लागी पुण्य प्रसाद अधिकारीको अध्यक्षातमा नयाँ कार्य समितिको पदस्थापन भएको छ । उनलाई २०२० का अध्यक्ष रामप्रसाद गौतमले आफ्नो गलमा भएको जेसीज चेन हस्तान्तरण गर्दे पदहस्तान्तरण गरेका हुन् ।


यसैगरि अध्यक्षमा पुण्य प्रसाद अधिकारी, कानुनी सल्लाहकार विजय अधिकारी, कार्यकारीणी उपाध्यक्षहरुमा रेणु सिलवाल, दुर्गा सन्जेल, महासचिवमा करुणा कटुवाल कोषाध्यक्ष सुरेश धमला, उपाध्यक्ष सिमा गजमेर,उपाध्यक्ष, इश्वरी सुवेदी, उपाध्यक्ष रमेश खत्री, उपाध्यक्ष सन्ध्या राई, जनसम्पर्क अधिकारी सरिता लिम्बु, सचिव अनिषा रुचाल, कोषबृद्धी संयोजक टंक वीर थापा लगायतको कार्य समिति निर्वाचित गरिएको छ ।