
झापा, चैत २४ । मेचीनगर ८ स्थित सेन्टरी युवा क्ललेले मेचीनगर ८ को विभिन्न टोलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सेन्टरी टोल विकास समितिका अध्यक्ष गिरीराज धमलाको विशेष आतिथ्यता रहेको थियो ।
संस्थाका सल्लाकार समिति सदस्य बिष्णु भट्टराई, प्रतिभा युवा परिवारका अध्यक्ष युवराज आचार्य, सरस्वती टोल विकास समितिका अध्यक्ष गुरुदेव खनाल, समाजसेवी जितबहादुर सुब्बा, बद्रीप्रसाद ढुङ्गाना, टिकाराम खतिवडा, चन्द्रबहादुर बस्नेतगायतको आतिथ्यता रहेको थियो ।
सरसफाई संगै कार्यक्रममा फोहोर ब्यवस्थापनका लागि वडाका विभिन्न टोल तथा चोकहरुमा आवश्यक डस्मिन राखेको छ । आयोजक संस्था संगै आवश्यक डस्मिन सौजन्य मेचीनगर नगरपालिका कार्यालयले गरेको थियो ।
संस्थाकी अध्यक्ष हेमा खनालको अध्यक्षतामा आयोजीत कार्यक्रममा स्वागत गिरीराज धमला र सञ्चालन सचिव तेजन राजवंशीले गरेका थिए ।

