बाहुण्डाँगी । क्यान्सर विरुद्धको जागरण साइकल र्याली अभियान सम्पन्न गरेको छ ।कयान्सरविरुद्ध चेतना छरौँ, वातावरण जोगाएर साइकल चडौँ, स्वस्थ्य रहौँ, दुरी कायम गरौँ भन्ने मुल नाराका साथ साइकल र्याली सम्पन्न गरेको हो ।

७ सयको सहभागिता रहेको र्यालीले अन्नपूर्ण पोष्ट कोर्पाेरेट तिनकुनेबाट सुरु भइ बानेश्वर माइतीघर, थापाथली, त्रिपुरेश्वर, भद्रकाली, रत्नपार्क, दरवार मार्ग, सोह्रखुट्टे, लैनचौर, बालाजु, गंगबु , माहारगञ्ज, चावहील, गौशाला हुदैँ पुन तिनकुनेमा पुगेर समापन भएको खाँडादेवि जेसीजका संस्थापक अध्यक्ष होमराज श्रेष्ठले बताउनु भयो ।

