काठमाडौं, फागुन १ । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदै छन् । एन्फा मैदान सातदोवाटोमा मध्यान्ह १२ बजे शुरुहुने खेलमा एपीएफ र वालिङ नगरपालिका आमने सामने हुने छन् ।
एपीएफ जारी लिगमा अपराजित टिम हो । त्यही लक्ष्यमा एपीएफ हुने छ । उता, वालिङ भने एपीएफमा अप्रत्यासित नतिजा निकाल्ने लक्ष्यमा हुने छ । विदेशी खेलाडीसहित उत्रिने वालिङ र एपीएफको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
दिउँसो २ बजे विराटनगर महानगरपालिका र चौदण्डीगढीबीच प्रतिस्पर्धा हुने छ । विराटनगर तालिकको पाँचौं स्थानमा छ भने चौदण्डीगढी अंकविहीन हुँदै अन्तिममा रहेको छ ।

