राजनीति

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समुह नै आधिकारीक नेकपा होः सुभाष नेम्वाङ

झापा, फागुन ५ । संविधानसभा अध्यक्ष एवम् नेकपा स्थायी समिति सदस्य सुभाष नेम्वाङले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गरेका छन् ।

झापाको धुलावारी स्थित टाउनहलमा आयोजित नेकपा ओली समूहको १ नं क्षेत्रीय भेलामा कार्यकर्तालाई सम्बोधन गर्दै नेम्वाङले ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गरेका हुन् । उनले सूर्य चिन्ह पनि ओली नेतृत्व नेकपा कै रहेको भन्दै कार्यकर्तालाई द्विविधामा नपर्न आग्रह गरे ।

प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्ष केपी शर्माओली र महासचिव बिष्णु पौडेल नेतृत्व नै आधिकारीक नेकपा भएकाले सूर्च चिन्ह आफूहरुको नै हुने बताउदै सबैलाई ढुक्क हुन आग्रह गरे ।

यसैगरी, कार्यक्रमका अर्का वक्ता नेपाल सरकारका मन्त्री भानुभक्त ढकालले चुनाव समयमा नै हुने ठोकुवा गरे । उनले भने सरकारले दुई चरणमा तोकीएको मितिमा नै चुनाव गर्छ । मन्त्री ढकालले आफ्ना नेता कार्यकर्तालाई चुनावमा लाग्न र केपी ओली नेतृत्वलाई अत्याधिक मत दिएर बहुमताका साथ जिताउन लागी पर्न आग्रह गरे ।

क्षेत्रीय समितिका संयोजक एवम् प्रदेश सांसद् गोपालचन्द्र बुडाथोकीको अध्यक्षतामा भएको सो भेलामा पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इञ्चार्ज देबेन्द्र दाहाल, केन्द्रीय सदस्य हरिचरण बानियाँ, केन्द्रीय सदस्य तथा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष चिन्तन पाठक, नेकपाका नेता तथा प्रदेश सांसद्द्वय श्रीप्रसाद मैनाली र बसन्त बानिया, नेकपा नेता निलकण्ठ तिवारी, बन्धन कुमार मुण्डालगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

नेकपाका नेता घनश्याम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा झापा १ नं क्षेत्रका अगुवा नेता कार्यकर्ताको बाक्लो उपस्तिथि थियो ।