खेलकुद

आठौंको प्रतियोगिता बुधबारबाट सुरु, विधिवत उद्घाटन बैशाख ५ मा हुने

काठमाण्डौं, चैत २६ । प्रदेश नं. ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका ५ खेलहरु बुधबारबाट सुरु हुने भएको छ । आठौंको उद्घाटन भने बैशाख ५ गते राष्ट्रपतिले गर्ने कार्यातालिका रहेको छ ।

बुधबार दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछ । यस्तै महिला हक्की नेपालगन्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि मात्र सुरु हुनेछ ।

आठौंको उद्घाटन अघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । उद्घाटनअघि सकिने खेलमा बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराते, साइक्लिङ, फेन्सिङ र गल्फ रहेको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता विभिन्न ३५ खेल समावेश छन् । जसमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ ।
आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ ।

Leave a Reply

Your email address will not be published.