राजनीति

५० लाख माग्दै सांसदलाई मार्ने धम्की

झापा, चैत २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद राजेन्द्र लिङदेनलाई मार्ने धम्की आएको छ ।

५० लाख माग्दै मार्ने धम्की आए पछि उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो लाई जानकारी गराएका थिए । एनसेल र नेपाल टेलिकमका दुई फरक नम्बरबाट ५० लाख नदिए ज्यान लिने धम्की सांसद लिङदेनलाई आएको थियो ।

लिङदेनकै सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भएका तिलकदास र हुम्ला घर भएका प्रदीप रोकायलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.