
झापा, चैत २७ । मेची विद्योदय प्राथामीक विद्यालयकको ४९ औँ वार्षिक उत्सव बुधवार सम्पन्न भएको छ । विद्यालय परिसरमा सम्पन्न भएको वार्षिकोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य माननिय राम कार्की (पार्थ) ले गरेका थिए ।

वार्षिकोत्वसको अवसर पारेर विद्यालयलाई योगदान दिने विभिन्न व्यक्ति, तथा पुर्व विद्यालयका अध्यक्षहरुलाई सम्मान संगै बृह्त साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । यसैगरी, विद्यालयले मंगलबार आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगीतामा प्रथम, द्वितिय र तृतिय हुने विद्याथीहरुलाई सोही कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकार कमल रसाईली, प्रेम लिम्बु, रोशा फुयाललगायत सोही विद्यालयमा अध्ययनरतविद्यार्थीहरुद्धारा विभिन्न नृत्य, गायन तथा साना कक्षाका नानीहरुले राइम्स प्रस्तुत गरेका थिए ।
कार्यक्रममका प्रमुख अतिथि माननिय राम कार्की, बिशेष अतिथिहरु मेचीनगर उप मियर मिना उप्रेती, वडा नम्बर ८ वडा अध्यक्ष बिकेन्द्र धिमाल, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याललगायतले विद्यालयले शैक्षिक प्रगतिको कामना सहितको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मेचीनगर ८ का वडा सदस्यहरु सन्तोष मेचे, खिला मेचे, बिष्णुमाया बराईली, नेकपा वडा नम्बर ८ अध्यक्ष कुन्दन निरौला, नेपाली कांग्रेश वडा नम्बर ८ सभापति गिरीराज धमला, युवा समाजसेवी टिकाराम धमला, भुपाल बुडाथोकी, सेन्टरी युवा क्लबकी अध्यक्ष हिमा खनाल, पत्रकार डम्बर बराल, विकास राउतलगायतको आतिथ्यता रहेको थियो । उक्त कायक्रमर्मा विद्यार्थीका अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक चन्द्रमणी क्षेत्रीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने अभिभावक संघका अध्यक्ष मिलन विश्वकर्माले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर थामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका यसोधा राजवंशीले स्वागत गरेकी थिईन । सञ्चालन पत्रकार युवराज आचार्य र शिक्षिका शोभा श्रेष्ठले गरेका थिए ।

