
काठमाण्डौ, चैत २७ । जारी वाइ वाइ पाँचथर गोल्डकप तेस्रो सस्करणमा विजय युुथ क्लब हेटौडा सेमीफाइनलमा प्रवेश गरेको छ ।
जावलाखेल युथ क्लबलाई पेनाल्टी सुट आउटमा ५–४ गोल अन्तरले हराउँदै विजय युुथ क्लब प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
विजय युुथ क्लब लाई विजयी बनाउन सरोज दाहाल, टेम्पो अर्नेष्ट, रोशन दोङ, हमिद र क्रिश्चियनले गोल गरेका थिए । जावलाखेल युथ क्लबको तर्फबाट विशाल तामाङ, फोफोना फोडा, अरुज सिंह र गौतम श्रेष्ठले गोल गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्ने विजय युथका गोलरक्षक अनिष देउला म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।
विजेता टिम ले नगद ४ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

