
काठमाण्डौ, चैत २६ । जारी वाइ वाइ पाँचथर गोल्डकप तेस्रो सस्करणमा युनाइटेड दार्जिलिङ सेमीफाइनलमा प्रवेश गरेको छ ।
विर्तामोड युनाइटेड झापालाई ३-२ गोल अन्तरले हराउँदै युनाइटेड दार्जिलिङ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
युनाइटेड दार्जिलिङलाई विजयी बनाउन करन राईले ब्यक्तिगत दुई गोल गरेका थिए । एक गोल भने विर्तामोड युनाइटेडका दिलेन लोत्तामले उपहार स्वरुप आत्माघाती गोल गरेका थिए । विर्तामोड युनाइटेडको तर्फबाट दिलेन लोत्ताम र विशाल राई एक एक गोल गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्ने युनाइटेड दार्जिलिङका करन राई म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।
बुधबारको खेल जावलाखेल युथ क्लब र विजय युथ क्लब बीच हुने आयोजकले जानकारी दिएको छ।
विजेता टिम ले नगद ४ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

