समाचार

सरकारले खारेज गर्‍यो पाँच वटै क्षेत्रीय प्रशासन कार्यालय

काठमाण्डौं, चैत २८ । सरकारले पहिलेको पाँच विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ ।

केही दिनअघिको मन्त्रिपरिषाद बैठकले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायलमा रहेको क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको हो ।

अब ती कार्यालयमा रहेका सबै सम्पत्ति सम्बन्धित प्रदेशको मुख्यमन्त्री कार्यालय मातहत जाने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.