अन्य संघ \संस्था

धुलावारी जुनियर जेसीजद्धारा नारी दिवसमा किशोरी स्वास्थ्य बारे सचेतना कार्यक्रम सम्पन्न

बाहुण्डाँगी, २४ फागुन । धुलाबारी जुनियर जेसिजले १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको सेनेटरी प्याड वितरण तथा किशोरी स्वस्थ बारे जनचेतना मुलक कार्यक्रम भ्ऋऋब् धुलाबारी मा। वि को सहकार्यमा सम्पन्न भयो ।
उक्त कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणमा विभिन्न बिद्यालयका विद्यार्थीहरुलाइ प्रमुख प्रशिक्षक करुणा मगर थापा ज्युले किशोरी स्वस्थबारे तालिम दिनुभयो र सहाभागी विद्यार्थी साथीहरुलाई सेनिटेरी प्याड वितरण गरियो साथै एउटा चुनिएको विद्यालयमा गएर प्याड वितरण गरियो । यश कार्यक्रममा कार्यक्रम संयोजक जु जेसि विष्णु चिमरिया , कार्यक्रमको अध्यक्षता धुलाबारी जुनियर जेसिज बर्ष २०२१ का अध्यक्ष जु।जेसि शैलेश गौतमले गर्नुभयो , प्रमुख अतिथि धुलाबारी जेसिजका पुर्व अध्यक्ष जेसि तेज प्रसाद चौलागाईं, विशिस्ट अतिथिमा मातृशाखा धुलाबारी जेसिज बर्ष २०२१ का अध्यक्ष राजिवप्रसाईं र निवर्तमान अध्यक्ष सागर खनाल हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत मन्तव्य जु।जेसी स्नेहा भणडारीले राख्नुभएको थियोे भने सुभकामना मन्तव्य प्रमुख अतिथी तेज प्रसाद चौलागाईंज्युले राख्नुभयो। यश कार्यक्रम ७०ं को उपस्थिति रहेको थियो ।

दोस्रो चरणको कार्यक्रममा पिछडिएको मुलुकका परिवारहरुलाई गाउँमा गएर रिउजेबल सेनिटेरी प्याड वितरण गरियो ।
उक्त कार्यक्रममा जुनियर महिला साथीहरूले अग्रपंक्तिमा रहि कार्य गर्नु भयो भने पुरुष मित्रहरूले हातेमालो गरि कार्यक्रम सम्पन्न गरियो ।